सूचनाको शक्ति - The Power Of Information

        

आजबाट चिनका सबै नाका खुल्ला

लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आजदेखी खुला हुने भएका छन् । भूकम्पका कारण बन्द भएको मुख्यतः सिन्धुपाल्चोकको तातोपानी नाकासहित अन्य चिनियाँ नाकाहरु पनि सोमबारदेखि खुला हुने भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैतमा चीनसँग भएको छलफलको परिणाम स्वरुप १८ वैशाखदेखि चीनतर्फका सबै नाका खुल्न लागेका हुन् । मन्त्रालय सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच नाका खोल्ने बारेमा सहमति भएको थियो ।

जसअनुसार मुस्ताङको कोरला, मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुङ्गोला र डोल्पाको उत्तरी नाका लगायत आजबाट खुल्नेछन् । चीनतर्फका नाका मध्ये मुख्यतः सिन्धुपाल्चोकको तातोपानी नाका भुकम्पका कारण बन्द भएको थियो भने रसुवाको केरुङ नाका कोभिड–१९ को महामारीपछि पुर्णरुपमा सुचारु हुन सकेका थिएनन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार १३:४७