सूचनाको शक्ति - The Power Of Information

        

वीर अस्पतालको पुरानो भवनको पर्खाल खस्दा ४ जना घाइते

आज आइतवार दिउँसो वीर अस्पतालको पुरानो घरको पर्खाल भत्किँदा चार जना घाइते भएका छन् ।

वीर अस्पतालको मुख्य भवन पछाडिको पुरानो भवनको छतको पर्खाल भत्केर बिरामी आफन्त कुरेर बसेका ठाउँमा खसेको हो । पर्खाललाई नछोपेको र घामपानीले असर गरेर कमजोर बनेको पर्खाल आज परेको पानीले भत्काएको हुनसक्ने अस्पतालले बताएको छ ।

छतको पर्खाल खसेर बिरामी आफन्त कुरेर बसेका अंशु चौधरी, धर्मेश्वर पन्थी, श्यामा देवी र रीना झा चौधरी घाइते हुनुभएको छ । घाइते सबैको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको अस्पताल प्रशासनले बताएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतवार १८:५६