सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधि तथा राष्ट्रिय सभा सचिवमा पाण्डे र अर्याल सिफारिस

प्रतिनिधि तथा राष्ट्रिय सभा सचिवमा दुई जनाकाे नाम सिफारिस भएकाे छ ।

प्रतिनिधिसभा सचिवमा पदम पाण्डे र राष्ट्रिय सभा सचिवमा सुरेन्द्र अर्यालको नाम सिफारिस भएको संसद् सचिवालयले जनाएकाे छ ।

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले कार्यबाहक राष्ट्रपति रामसहाय यादवलाई उहाँहरुकाे नाम सिफारिस गर्नु भएकाे हाे ।

प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुँयालको पाँचवर्षे कार्यकाल शुक्रबार सकिएपछि सभामुख र अध्यक्षले सचिवकाे नाम सिफारिस गर्नुभएकाे हाे ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतवार १८:४७