सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकामा एक व्यक्तिले गोली प्रहार गर्दा ५ जनाको मृत्यु

अमेरिकाको टेक्ससमा एक व्यक्तिले छिमेकीमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा ५ जनाको मृत्यु भएको छ ।

आफूसँग भएको बन्दुक प्रयोग गर्ने अभ्यासका क्रममा विवाद भएपछि उनले छिमेकीको घरमा प्रवेश गरेर अन्धाधन्ध गोली प्रहार गर्दा ५ जनाको मृत्यु भएको हाे । मृत्यु हुनेमा ८ वर्षीय एक बालक समेत रहेका छन् । मृतक सबै जना क्यारेबियन मुलुक होन्डुरसका नागरिक हुन् ।

प्रहरीले ३८ वर्षीय मेक्सीकन नागरिक फ्रान्सीस्को ओरोपेजलाई संदीग्ध अपराधिको सूचीमा राखेर खोजी गरिरहेको छ । घरभित्र नरसंहारमा बाँचेका दुई जना बालबालिकालाई दुई महिलाले शरीरले छेकेर बचाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यहरुले जनाएका छन् ।

मादक पदार्थ सेवन गरी बन्दुक खेलाइरहेका आक्रमणकारीलाई उक्त कार्य रोक्न छिमेकीले आग्रह गरेपछि उनले गोली प्रहार गरेको जनाइएकाे छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतवार ०९:५१