सूचनाको शक्ति - The Power Of Information

        

असार ८ मा ‘अन्तिम संस्कार’

फिल्म ‘अन्तिम संस्कार’को प्रदर्शन मिति घोषणा गरिएको छ ।

पोस्टर सार्वजनिक गर्दै फिल्मलाई आगामी असार ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

पोस्टरमा फिल्मका मुख्य कलाकारहरु विजय लामा, दीया पुन, रेश्मा घिमिरेलगायत प्रस्तुत छन् । प्रदीप शाहीको निर्देशनमा बनेको फिल्म साई प्रोडक्सन नेपालको प्रस्तुतिमा ह्याम्साएर एकाउन्टेनले सहकार्य गरेको हो ।

फिल्ममा भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट र रबिन्द्र श्रेष्ठ कार्यकारी निर्मातामा छन् ।  फिल्मको निर्माता विनोद सुवेदी क्षितिज हुन् । रहस्यमय हत्या (मर्डर मिस्ट्री)को कथामा आधारित रहेर निर्माण भएको फिल्मलाई बाबु श्रेष्ठले छायांकन गरेका हुन् ।

फिल्ममा एवनराज उप्रेती, त्रिचन्द्र राई, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ्ग शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, सुरज खालिङलगायतको पनि अभिनय छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतवार ०९:०७