सूचनाको शक्ति - The Power Of Information

        

भीरबाट लडेर एक जनाकाे मृत्यु

अछाममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।

ढकारी गाउँपालिका वडा नम्बर ४ बलाताका ३५ वर्षीय याम ढोलीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ।

प्रहरीका अनुसार उनी शनिबार अछामकै सैनबजारबाट बलाता जाँदै थिए। नेटेसल्ला भन्ने ठाउँमा उनी सडकबाट दुई सय मिटर तल खसेका हुन्।

उनको पोष्टमाटमपछि शव आफन्ताको जिम्मा लगाइएको छ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतवार ०९:००