सूचनाको शक्ति - The Power Of Information

        

सिन्धुलीमा कार दुर्घटना हुँदा दुईको मृत्यु, दुई गम्भीर घाइते

सिन्धुली वीपी राजमार्ग स्थित पिपलभन्ज्याङमा आइतबार बिहान कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ८ च ९१३५ नम्बरको कार पिपल भन्ज्याङ स्थित घुम्ति सडकमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा सिन्धुली मरिणका सहारा प्रसाई र झापा चारपानीका कुमार पुरी रहेका छन् ।

घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतवार ०८:५८