सूचनाको शक्ति - The Power Of Information

        

कैलालीमा बुवाले गरे छोराको हत्या

कैलालीमा बुवाले आफ्नै छोराको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका–६ मट्यारीका ४७ वर्षिय महेशकुमार चौधरीले आफ्नै २१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गरेका हुन् ।

अर्जुनलाई घरदेखि करिब १५० मिटर टाढा जंगलमा लगेर टाउकोमा ईट्टा प्रहार गरी महेशले हत्या गरेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट प्रहरी निरिक्षक उपेन्द्रबहादुर बमको टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका लागी प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको कमाण्डमा सोको टोली खटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । महेशलाई नियन्त्रणमा लिइएको प्रहरीले भनाइ छ ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार १४:००