सूचनाको शक्ति - The Power Of Information

        

अस्पताल नपुगेर बाटोमै सुत्केरी भएपछि…

सुत्केरी बेथाले च्यापेपछि जाजरकोटको छेडागाढ नगरपालिका–१३ स्थायी ठेगाना भए पनि हाल भेरी नगरपालिका–३ मा बस्दै आएकी ३० वर्षिया भूमिका रोकायाले अस्पताल नपुगी बाटोमै बच्चा जन्माएकी छिन् ।

व्यथाले च्यापेपछि अस्पताल आउँदै गर्दा ती महिलाले जाजरकोटको भेरी नगरपालिका–३ थाप्ले (भेटनरी टोल) नजिकै बाटोमै छोरीलाई जन्म दिएकी हुन् ।

भेरी नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक (अधिकृत छैटौँ) दिपक ओली तल भिर नजिकै मान्छे कराइरहेको सुनेपछि के भयो भनेर त्यहाँ पुगे ।

अफ्ठयारो ठाउँमा महिला प्रसव पिडाले कराइरहेको देखेपछि उनले नजिकैबाट आवश्यक स्वास्थ्य सामाग्रीहरू लिन पुगे । उनी बस्ने ठाउँ पनि नजिकै भएकाले सामाग्री लिन सहज भयो ।

बच्चा जन्मिनको लागि अन्तिम अवस्थामा रहेकाले अस्पताल लैजान समेत कठिन हुने भएकाले आफूले त्यही बाटोमै उपचार गर्नुपरेको जनस्वास्थ्य निरीक्षक ओलीले बताए । त्यसपश्चात् नजिकैबाट स्ट्रेचर मगाएर अस्पताल पठाएको स्वास्थ्यकर्मी ओलीले सुनाए ।

‘अस्पताल लैजाने अवस्था थिएन । स्वास्थ्यकर्मी ओलीले भने, ‘मैले आवश्यक सामाग्री लिएर बाटोमै उपचार गरे । साल फुटेकाले बच्चा जन्मिएपछि तुरुन्त अस्पताल पठाइयो ।’ उनी जाजरकोटको जिल्ला अस्पतालबाट २० मिटरको दुरीमै सुत्केरी भएकी हुन् ।

घरमा कोही नभएका कारण अस्पतालमा सुत्केरी हुन ती महिला भिरको बाटो आइरहेको स्थानीयहरु बताउँछन् । मान्छे कराइरहेको जस्तो सुनेपछि त्यही पुगेको ओलीले बताए । बच्चा जन्माइसकेपछि उनीलाई जिल्ला अस्पताल जाजरकोटमा लगिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार ०६:५१