सूचनाको शक्ति - The Power Of Information

        

हत्याको आरोप लागेकी श्रीमतीलाई बचाउन ‘मरिसकेका’ श्रीमान अदालत पुगेपछि…

हत्या अनुसन्धान र अदालतको सुनुवाईको क्रममा केही अनौठो भयो । पोह सेङ हिप नामका व्यक्तिको हत्या गरेको अभियोग लागेकी उनकी श्रीमती लाउ सेक यानलाई अदालतमा ल्याइएपछि उनले एक्कासी अचम्मको व्यवहार गर्न थालिन् । यो देखेर सबै छक्क परे ।

फ्रि मलेसियाको रिपोर्टका अनुसार ती महिला आफ्ना पतिको आत्मा आफूमाथि हावी भएको जस्तो गरी कुरा गरिरहेकी थिइन् । उनले बोल्न थालिन्, ‘म पोह सेङ हिप हुँ जो मरेको छ । म आफैं अदालतमा बोल्दैछु । मेरी श्रीमतीले मलाई मारेको होइन । मेरी श्रीमतीले केही गरेकी छैनन् ।’

यसपछि अभियुक्त श्रीमती (पूर्व स्वतन्त्र नेता)ले अदालतमा भनिन्, कि उनका श्रीमानले उनीमार्फत अदालतलाई भनिरहेका छन् कि उनलाई मैले मारेको होइन, नियतिले उनको मृत्यु स्वीकार गरेको हो । यो कुरा मलेसियाको हो ।

यो अनौठो घटनापछि न्यायाधीश रुहानी इस्माइलले लाउलाई भने कि मुद्दाको सुनुवाइ आधिकारिक रूपमा सुरु भइसकेको छैन र प्रतिवादीले अझै आरोपहरूमा कुनै दाबी गर्नुपर्दैन । तर अभियुक्त महिलाले न्यायाधीशको कुरा सुनिनन् र आफू निर्दोष भएको कुरा पतिले अदालतमा आफ्नो तर्फबाट बोलिरहेको दाबी गरिरहेकी थिइन् ।

त्यसपछि लाउले भनिन्, ‘पोह सेङ हिपको हत्या भएको थिएन, मर्ने नियति थियो । तपाइँले बुझ्नुपर्छ कि मेरी श्रीमतीले मलाई मारिनन् । म पोह सेङ हिप यहीँ छु । मेरी श्रीमतीले मलाई मारेकी होइनन् भन्ने कुरा किन सुन्नुहुन्न ? म मर्न बाध्य थिएँ ।’

महिलालाई सम्झाएर उनलाई केही हदसम्म मौन गराइयो । साथै, न्यायाधीशले ट्रायलको अर्को मिति मार्च ३–७ र मार्च १७–२१, २०२५ लाई तोके । लाउले फेरि भनिन्, ‘मलाई माफ गर्नुहोस्, कृपया हामीसँग न्याय गर्नुहोस् । पोहको हत्या भएको होइन, मर्ने नियति थियो ।’

२०२२ जनवरी ३ मा लाउले आफ्नै घरमा कम्मर र छातीमा छुरा प्रहार गरी श्रीमानको हत्या गरेको आरोप छ । आफ्नै छोरीको बयानमा महिलालाई पक्राउ गरिएको हो । आमा र बाबुबीच पैसालाई लिएर झगडा भएपछि आमाले बुवालाई छुरा प्रहार गरेको छोरीले प्रहरीलाई बताइन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार ०६:४६