सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

आजको मौसम : पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली

अन्य ठाउँको मौसम सामान्यतया सफा

पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिदेखि सामान्य बदली छ ।

मौसमविद् वरुण पौडेलका अनुसार आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशसहित पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख मेघगर्जन र चट्याङसहित हल्का वर्षाको अनुमान गरिएको छ ।

अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

नेपालमा अहिले पश्चिमीसँगै स्थानीय वायुको प्रभाव रहेको छ । अहिले काठमाण्डौसहित देशका धेरै ठाउँमा घाम लागेको छ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार ०८:४९