सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार २ अङ्कले घट्याे

शेयर बजार आज सामान्य घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव २७ अङ्कले घटेर १ हजार ८ सय ८९ विन्दुमा झरेकाे छ ।

आज बैंकिङ र हाेटल तथा पर्यटनबाहेक अरू सबै समूहकाे शेयर घटेकाे छ । आज उत्पादन तथा प्रशाेधन, माइक्राेफाइनान्स र बीमा समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ ।

बजार घटेकाे दिन २ सय ६९ वटा कम्पनीका २१ लाख ७४ हजार कित्ता शेयर ७३ कराेड ९६ लाख रुपैयाँ बराबरकाे शेयर काराेबार भएकाे छ । सबैभन्दा धेरै एभरेस्ट बैंककाे ३ कराेड ७६ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे ।

आज एनआईबीएल ग्राेथ फन्डकाे शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटे पनि आज सिटिजन्स म्युचल फन्ड–२ काे शेयर ५ प्रतिशतभन्दा धेरैले बढेकाे छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १९:१५