सूचनाको शक्ति - The Power Of Information

        

निवेदन दिन मिटरब्याज पीडितलाई आयाेगकाे आह्वान

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याज पीडितलाई निवेदन दिन आह्वान गरेको छ ।

आयोगले आज बिहीवार विज्ञप्ति निकालेर मिटरब्याज पीडितलाई निवेदन दिन आह्वान गरेकाे हाे । यसका लागि आयोगको कार्यालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सकिने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।

आयोगका अनुसार सबै जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष पनि स्थापना गरिएको छ । सहायता कक्षमा निःशुल्क फारम पाइने र भर्न नसक्नेका लागि जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले भरिदिने व्यवस्था गरिएको छ ।

यही वैशाख १७ देखि ३१ गतेसम्म निवेदन सकिने आयोगले जनाएको छ । यसअघि तराई–मधेसका जिल्लाबाट आएका मिटरब्याज पीडितले काठमाण्डाैमा आन्दोलन गरेपछि गएकाे चैत २० गते सरकारले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १९:१३