सूचनाको शक्ति - The Power Of Information

        

५१ कुण्डिय गायत्री महायज्ञ नेपालगञ्जमा हुने

गायत्री परिवार पज्ञा मंडल नेपालगञ्ज तथा गायत्री परिवार बाँकेको आयोजनामा हुन लागेको विराट ५१ कुण्डिय गायत्री महायज्ञ बैशाख २६ गतेदेखि २९ गतेसम्म नेपालगञ्जको धम्बोजी खजुरा रोडमा रहेको गायत्री मन्दिरमा हुने भएको छ ।

वैशाख २६ गते हुने महायज्ञमा बिहान ९ बजेदेखि १२ बजेसम्म दिव्य आकर्षक झाँकीको साथ श्रीमद् पावन प्रज्ञा पुराण एवं चार वेदको भव्य कलश यात्रा, गायत्री शक्तिपीठ धम्बोझी देखि नगर परिक्रमा गरी शुभारम्भ हुने छ ।

साझ ४ बजेदेखि ७ बजेसम्म युग ऋषी तपोनिष्ट वेदमूर्ति पं. श्रीराम शर्मा आचार्यद्वारा रचित श्रीमद् पावन प्रज्ञापुराणको पूजन एवं कथा वाचन गरी शुभारम्भ हुने आयोजकले बताएको छ भने दोस्रो दिन अथवा २७ गते बिहान ५ देखि ६ बजेसम्म ध्यान साधना एवं योग व्यायाम हुने छ ।

७ देखि ११ बजेसम्म विशिष्ट देव आवाहन एवं पूजन डा. जी राज शाक्य ज्यको सहयोगबाट निर्मित यज्ञशालाको उदघाटन संगीतमय श्रीमद् पावन पज्ञापुराण कथा भई शुभारम्भ हुनेछ भने तेस्रो दिन २८ गते बिहान ५ देखि ६ सम्म ध्यान साधना एवं योग व्यायाम, ७ देखि ११ सम्म गायत्री महायज्ञ एवं विभिन्न संस्कार हुने बिहीवार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।

दिउँसो १ः३० देखि ३ बजेसम्म कार्यकर्ता गोष्ठी र ४ बजेदेखि ७ बजेसम्म श्रीमद् पावन प्रजापुराण कथा एवं भव्य दीप महायज्ञ हुनेछ भने चोैंथो अर्थात् अन्तिम दिन बैशाख २९ गते ५ देखि ६ बजेसम्म ध्यान साधना एवं योग व्यायाम हुने छ ।

७ देखि ११ सम्म गायत्री महायज्ञ की पूर्णाहूति हुने र दिउँसो १२ देखि ४ बजेसम्म सत्यनारायण पाठकद्वारा सम्पन्न सवा करोड़ गायत्री मन्त्र जप अनुष्ठानको पूर्णाहूति एवं विभिन्न संस्कार आचार्यगणको विदाई प्रसाद भण्डारा गराई समापन हुने आयोजक गायत्री परिवार पज्ञा मंडल नेपालगञ्ज तथा गायत्री परिवारले बताएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १९:०७