सूचनाको शक्ति - The Power Of Information

        

ढोका अगाडि राख्नै नहुने अशुभ चीज

वास्तुशास्त्र अनुसार घरको चारै दिशामा कुनै न कुनै देवताको वास हुन्छ । त्यसैले गलत दिशामा राखिएको चीजले तपाईँको घरमा नकारात्मक ऊर्जा ल्याउन सक्छ । मुख्य गेटमा राखिएका यी चीजहरूले तपाईँको जीवनमा कलह ल्याउन सक्छ । त्यसैले यी चीजहरू मुख्य ढोका अगाडि राख्नुहुँदैन ।

फोहोर

घरको मुख्य प्रवेशद्वारमा सरसफाइ हुनु अति आवश्यक छ । वस्तुलाई सही दिशामा राख्ने हो भने घरमा लक्ष्मीको आशीर्वाद रहन्छ भन्ने मान्यता छ । घरको मुख्य प्रवेशद्वार अगाडि राखिएको फोहोरलाई गरिबीको प्रतीक मानिन्छ । तर घरको अगाडि जहाँ फोहोर हुन्छ, त्यहाँ माता लक्ष्मीको बास हुँदैन । यसले घरमा अशान्ति र रोग निम्त्याउन सक्छ ।

काँडेदार बिरुवा

वास्तुशास्त्र अनुसार घरको मुख्य प्रवेशद्वारको अगाडि काँडे बिरुवा हुनुहुँदैन । वास्तुशास्त्र अनुसार यो बोटलाई वर्जित मानिन्छ । यो बिरुवा घरको अगाडि राख्नाले सुख र समृद्धिमा बाधा पुग्छ ।

फोहोर पानी

घर बाहिर फोहोर पानी राख्नु पनि अशुभ मानिन्छ । त्यसैले घरबाहिर फोहोर जम्मा भएमा नकारात्मक ऊर्जा घरभित्र पस्न सक्छ । त्यसैले घरबाहिर फोहोर पानी जम्मा हुन नदिनुहोस् ।

ढुङ्गा

धेरैले घरको सुन्दरता बढाउन घरबाहिर विभिन्न प्रकारका ढुङ्गा र इँटा राख्छन् । तर वास्तु शास्त्रका अनुसार ढुङ्गाले मानिसलाई जीवनमा अगाडि बढ्न दिँदैन । त्यसैले घरबाहिर ढुङ्गा छ भने तुरुन्तै हटाउनुहोस् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १६:४८