सूचनाको शक्ति - The Power Of Information

        

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि प्रदेश प्रमुखबाट भएको आह्वान अनुसार पाण्डेले दाबी पेस गरेका थिए ।

कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङको हस्ताक्षरसहित सुरेन्द्रलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए । पाण्डेले शपथ भने शुक्रबार मात्र लिनेछन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १६:२५