सूचनाको शक्ति - The Power Of Information

        

९ कम्पनीलाई सरकारले सोध्यो- कालो सूचीमा किन नराख्ने ?

सरकारले थप ९ निर्माण व्यवसाय र आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ ।

समयमा काम नगरेपछि कालो सूचीमा राख्न सिफारिस भएका कम्पनीले ३० दिनसम्म पनि लिखित स्पष्टीकरण नदिएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यी कम्पनीहरूलाई पुन: ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको छ । तोकिएको समयमा स्पष्टीकरण नआए कम्पनी कालो सूचीमा परप्ने छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १०:४७