राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
सत्यपाटी संवाददाता । काठमाडौँ
राष्ट्रिय सभाको बैठक बिहीबार बस्ने भएकाे छ ।
नयाँबानेश्वर स्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बैठक बस्ने भएकाे हाे । बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची रहेकाे संघीय संसद सचिवालयले जनाएकाे छ ।
साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेश गर्ने कार्यसूची रहेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ