सूचनाको शक्ति - The Power Of Information

        

जंगलमा भेटियो सडेको शव, ‘टाउको रुखमा, शरीर भुइँमा’

भक्तपुरको खरिपाटीस्थित सेतीदेवी सामुदायिक वनमा एकजना पुरुषको शव फेला परेको छ ।

चाँगुनारायण नगरपालिका–५ स्थित जंगलमा पुरुषको टाउको रुखमा र शरीर भुइँमा सडिसकेको अवस्थामा बुधबार फेला परेको भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए ।

एसपी केसीका अनुसार अन्दाजी ४५ वर्षीय पुरुषको शवको पहिचान हुन सकेको छैन । टाउको भने हरियो डोरीले बाँधिएको अवस्थामा रुखमा झुण्डिएको अवस्थामा थियो ।

ती पुरुषले आत्माहत्या गरेको र घाँटीको भाग सडेपछि शरीर भुइँमा झरेको हुनसक्ने प्रहरीको अनुमान छ । शवको सनाखत गर्ने र थप अनुसन्धान थालेको एसपी केसीले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार ०७:४६