सूचनाको शक्ति - The Power Of Information

        

आज वैशाख १४ गते, कस्तो छ तपाईंको राशिफल ?

२०८० वैशाख १४ गते बिहीवार, २७ अप्रिल २०२३ । वैशाख शुक्लपक्ष सप्तमी तिथि, १३ः३२ बजेदेखि अष्टमी । पुनर्वशु नक्षत्र, ७ः१३ बजेदेखि तिष्य । चन्द्रराशि– कर्कट ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ । महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला । घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । विशेष उपहार समेत हातलागी हुन सक्छ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

सुखद् समाचारले उत्साह जगाउनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ । बोलीको माध्यमले धेरैलाई प्रभावित पार्न सकिनेछ । धन लाभका साथै आर्थिक क्रियाकलापमा समेत मनग्गे फाइदा हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ । दिगो योजनाका लागि ऋण लिने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । तर करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ । आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नुका साथै जिम्मेवारी बढ्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ होला । साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । विशेष भेटघाटले काममा उत्साह बढाउला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

परिस्थितिवश विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । फाइदा थोरै भए पनि कामको चाप बढ्नेछ र शरीरमा थकान महसुस हुनेछ । अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । श्रम परे रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा फल प्राप्त हुनेछ । तर आफ्नो कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्लान् ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ । अप्ठ्यारो परिवेशमा काम गर्नुपर्ने अवस्था रहनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ । गृहस्थी यात्रा रमाइलो रहनेछ । आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ । प्रतिष्ठा एवं लोकाचारका लागि फजुल खर्च भने बढ्न सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

परिस्थिति सामान्य अनुकूलै रहे पनि अस्वस्थताले काममा बाधा पुग्न सक्छ । घर–व्यवहारले पनि अल्मल्याउन सक्छ । नयाँ काम थाल्न समय पर्खनुपर्ला । अध्ययनमा त्यति समय दिन नसकिएला । तापनि मिहिनेतले सफलता दिलाउनेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ । सन्तान वा अनुयायीको सल्लाह, सहयोगले लाभ दिलाउनेछ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार ०६:५६