सूचनाको शक्ति - The Power Of Information

        

१ सय २० केजी गाजाँसहित भारतीय गाडी नियन्त्रणमा, चालक फरार

मोरङको विराटनगर महानगरपालिका १ काे नाेबेल डेरी चोक इलाकाबाट सशस्त्र प्रहरीले झन्डै एक सय २० केजी गाँजासहित भारतीय गाडी नियन्त्रणमा लिएको छ ।

आज बुधवार सुनसरीकाे इटहरीबाट विराटनगर जाँदै गरेको बी.आर ११ भी ७६४५ नम्बरको भारतीय गाडीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङले गाँजासहित नियन्त्रणमा लिएको हो । गाडी रोक्ने क्रममा चालक भने फरार भएका छन् ।

नियन्त्रणमा लिइएको गाँजा र गाडी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १९:१४