सूचनाको शक्ति - The Power Of Information

        

दमको समस्या घटाउन खानुस् यस्ता खानेकुरा

दम श्वासप्रश्वाससँग सम्बन्धित रोग हो । दमले श्वासप्रश्वास नलीलाई साँघुरो तथा सुन्निएर श्वास फेर्न गाह्रो हुन्छ ।

यो इन्हेलर प्रयोग गरेर कम गर्न सकिन्छ । यस्तै विभिन्न किसिमका फलफूल तथा हरियो सागपात खानाले यो समस्या कम गर्न सकिने देखिएको छ ।

मरिच – मरिचमा भिटामिन सी, एन्टिअक्सिडेन्ट लगायत हुन्छ । यसले स्वास्थ्यलाई धेरै राम्रो गराउँछ ।

अनार – अनार फाइबरयुक्त हुन्छ । त्यस्तै भिटामिन सी, भिटामिन के तथा एन्टिअक्सिडेन्ट हुनाले कोषिकाहरू बिग्रनबाट जोगाउँछ ।

स्याउ – यो फाइबर र एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ । यसले मोटोपन घट्ने, मधुमेहको जटिलता कम गर्ने, मुटुरोग तथा क्यान्सरबाट समेत जोगाउन महत्वपूर्ण भूमिका खेल्छ ।

हरियो कोसा – हरियो कोसामा भिटामिन ए, सी तथा के पाइन्छ । यसमा क्याल्सियम, फोलिक एसिड तथा फाइबर प्रशस्त पाइन्छ । यी तत्वले स्वास्थ्यलाई स्वस्थ रहन मद्दत गर्छन् ।

अदुवा – अदुवामा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । यसले तनावलाई सन्तुलन गर्नमा समेत सहयोग गर्छ । यसले उच्च रक्तचाप, मुटुरोग, कलेजो लगायतका रोगमा पनि लाभ दिन्छ ।

सुन्तला – भिटामिनले भरिपूर्ण सुन्तला स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसमा मिनरल्स, एन्टिअक्सिडेन्ट लगायतका पोसक तत्व पाइन्छ । यो भिटामिन सीले पनि भरिपूर्ण हुन्छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १७:१९