सूचनाको शक्ति - The Power Of Information

        

पौडी खेल्दा डुबेर पाल्पामा एक किशोर बेपत्ता

पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर बुधबार एक जना किशोर बेपत्ता भएका छन् ।

रूपन्देहीको सिद्धार्थ नगरपालिका–८ का १७ वर्षीय शिशिर उपाध्याय बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।

साथीहरूसँग घुम्न आएका उनी पौडी खेल्ने क्रममा उनी दिउँसो पौने दुई बजे डुबेका हुन् । उनको अहिले खोजी कार्य भइरहेको प्रनाउ थापाले बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १६:५१