सूचनाको शक्ति - The Power Of Information

        

भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि

भारतमा पछिल्लो दुई दिनदेखि कोरोनाका बिरामी बढेका छन् । मंगबारको तुलनामा बुधबार करिब ४० प्रतिशतले बिरामी बढेका केन्द्रीय परिवार स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बुधबार नौ हजार ६२९ जनामा सङ्क्रमण पुष्टि भएको तथा २९ जनाले ज्यान गुमाएका छन् । मंगलबार छ हजार ९३४ जना सङ्क्रमित थपिएका थिए भने सोमबार छ हजार ३०० जना बिरामी फेला परेका थिए ।

हाल भारतमा ६१ हजार १३ जना सक्रिय सङ्क्रमित छन् भने चार करोड ४३ लाख २३ हजार ४५ जनाले कोभिड–१९ बाट पूर्ण स्वास्थ्य लाभ गरेका उक्त मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १६:१३