सूचनाको शक्ति - The Power Of Information

        

अफ्गानिस्तानमा आइएस विद्रोहीका मूख्य नेता मारिएको दाबी

सन् २०२१ मा काबुल विमानस्थलमा भएको घातक आत्मघाती बम बिस्फोटका योजनाकार इस्लामिक अतिबादी संगठन (आइएस) का वरिष्ठ नेता मारिएको दाबी गरिएको छ ।

अफ्गानिस्तानको सत्तारुढ तालिवान नेतृत्वले यही अप्रिलको सुरूमा चलाएको आइएस विरुद्धको कारबाहीमा आइएसका वरिष्ठ कमाण्डर मारिएको दाबी अमेरिकी अधिकारीहरुको दाबी छ ।

यद्दपी मारिएको भनिएका आइएस नेताको नाम भने सार्वजनिक गरिएको छैन । दुई वर्ष अघि काबुल विमानस्थलमा भएको बम आक्रमणमा १७० सर्वसाधारण र १३ अमेरिकी सैनिकको मृत्यु भएको थियो ।

त्यसको प्रतिकार स्वरुप अमेरिकाको गोप्य सुचनाको आधारमा तालिवानले आइएस विरुद्ध कारबाही गरेको बताईएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार ०७:४९