सूचनाको शक्ति - The Power Of Information

        

उपनिर्वाचनमा : सबै निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा एमाले

हालै सम्पन्न उपनिर्वाचनमा नेकपा एमाले तीनवटै निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा खुम्चिन पुगेको छ । चितवन–२ मा त पहिला भन्दा कम मत प्राप्त गरेको एमाले बारा–२ र तनहुँ–१ मा पनि तेस्रो स्थानमा रहन पुग्यो ।

तीनवटै निवार्चन क्षेत्रमा एमाले १८ हजारभन्दा बढी मतान्तरले पराजय हुन पुगेको छ । चितवन–२ अघिल्लो निर्वाचनमा एमालेका कृष्णभक्त पोखरेलले ल्याएको १४ हजार ७५२ मत जति पनि अहिले रामप्रसाद न्यौपानेले ल्याउन सकेनन् ।

उनले बरु पोखरेलले भन्दा ३ हजार ७८६ कम मत ल्याए । सो निर्वाचन क्षेत्रबाट न्यौपानले १० हजार ९३६ मत मात्रै प्राप्त भयो । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ५४ हजार १७६ ल्याएर विजयी भए ।

सो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ ११ हजार २१४ मतसहित दोस्रो स्थानमा खुम्चिए । न्यौपाने लामिछाने भन्दा ४३ हजार ७८० मतले पछि परेका छन् । यस्तै तनहुँ–१ मा एमालेका सर्वेन्द्र खनाल पनि तेस्रो स्थानमा रहन पुग्यो ।

उनले त १० हजार मत पनि कटाउन सकेनन् । उनी ८ हजार ४८८ मतमा सीमित भए । सो निर्वाचन क्षेत्रमा रास्वपाका स्वर्णिम वाग्ले ३४ हजार ९१९ मतसहित विजयी भए भने नेपाली कांग्रेसका गोविन्द भट्टराई २० हजार १२२ मतसहित दोस्रो स्थानमा रहन पुगे ।

बिजयी वाग्ले भन्दा एमालेका खनाल २६ हजार ४३१ मत अन्तरले पछि परेका छन् । उता, बारा–२ मा पुरुषोत्तम पौडेल पनि तेस्रो स्थानमा रहन पुगे । उनले १० हजार २१६ मत मात्रै प्राप्त गर्न सफल भए ।

सो क्षेत्रबाट बिजयी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले २८ हजार ४१५ मत ल्याएका थिए भने उपबिजेता जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत ल्याएका थिए । बिजयी यादवभन्दा एमालेका पौडेल १८ हजार १९९ मतले पछि परेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार ०७:४३