सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनीमा कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन् ।

उनले संविधानको धारा १६८ (२) अन्तर्गत सरकार गठनका लागि आह्वान गरेका हुन् । संविधानको धारा १६८(२) अन्तर्गत संयुक्त बहुमतको सरकार गठन गर्नुपर्ने हुन्छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेशसभामा विश्वासको मत नपाएपछि उनी अल्पमतमा परेका थिए । गिरीले सोमबार प्रदेशसभामा विश्वासको मत मागेका थिए ।

तर उनको पक्षमा ३३ मत मात्रै परेको थियो । जबकि ८७ सांसद संख्या रहेको यो प्रदेशसभामा बहुमत पुर्याउन ४४ सांसदको साथ आवश्यक रहन्छ । गिरीको विपक्षमा ५३ मत परेको थियो ।

स्रोत : नागरिक दैनिक
प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार ०७:३३