सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ ।

प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका अनुसार बुधबारको बैठकमा सभामुखले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची छ ।

यसैगरी, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १८० बमोजिम विशेष समिति गठनका लागि सदस्यहरूको नामावलीसहितको प्रस्ताव पेस गर्ने र उक्त प्रस्तावको समर्थन गर्ने सम्भावित कार्यसूची पनि रहेको छ ।

बुधबारको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलका लागि सदनमा प्रस्ताव गर्ने, उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने तथा विधेयक पारित गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार ०७:२७