सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार दाेहाेराे अङ्कले बढ्याे

शेयर बजार आज मङ्गलवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ३६ अङ्कले बढेर एक हजार नाै सय पाँच दशमलव ६८ विन्दुमा पुगेको छ ।

आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज दुई सय ६४ वटा कम्पनीका २७ लाख पाँच सय कित्ता शेयर ८८ करोड ५५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै तारागाउँ रिजेन्सीको शेयर आठ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज पिपुल्स पावर कम्पनीको शेयर साढे चार प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १८:४३