बाँकेको बैजनाथमा करेन्ट लागेर ६ वर्षीय बालिकाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका वडा नंवर २ डिगिया बस्ने खगेन्द्र बस्नेतकी छोरी ६ वर्षीया पुर्णिमा बस्नेतको करेन्ट लागेर मृत्यु भएको हो ।
सोमबार साँझ करिब साढे ६ बजे आफ्नै घरको धाराको मोटर चलाउने क्रममा करेन्ट लागि पुर्णिमा बस्नेत घाइते भएकी थिइन् ।
घाइते भएकी उनलाई औषधि उपचारका लागि कोहलपुर मेडिकल कलेज ल्याएकोमा उपचारको क्रममा ६ः३५ बजे मृत्यु भएको अस्पताल प्रशासनले घोषणा गरेको थियो ।
उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सत्यपाटी संवाददाता । बाँके