सूचनाको शक्ति - The Power Of Information

        

प्रेस चौतारी बाँकेको साधारणसभा १७ गते नेपालगञ्जमा हुने

प्रेस चौतारी बाँकेको साधारणसभा यही बैशाख १७ गते नेपालगञ्जमा हुने भएको छ ।

मंगलवार अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले नेपालगञ्ज उद्योग वाणिज्य संघको हलमा साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त साधारणसभाको उदघाटन केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गर्ने छन् ।

साधारणसभामा बाँकेको पत्रकारिताको चुनौती र अवसर, संगठन सुदृढीकरण लगायतका बिषयमा बृहद् छलफल हुने अध्यक्ष रोकायले बताए । उनका अनुसार, साधारणसभा भव्यरुपमा सम्पन्न गर्ने गरि तयारी शुरु गरिएको छ ।

बैठकले लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद्को सदस्य मनोनीत भएका केन्द्रीय सदस्य एवं प्रदेश सह–सहइन्चार्ज रुद्रप्रसाद सुवेदी, प्रदेश समिति सदस्य सरला सुवेदीलाई हार्दिक बधाईका साथै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १८:३३