सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपतिको स्वास्थ्य सुधारउन्मुख

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

उपचारको लागि मिति वैशाख ६ गतेदेखि नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना भएका पौडेलको स्वास्थ्यमा सुधार आइरहेको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता साधर आचार्यले भनेका छन्, ‘उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको छ।

एन्टिबायोटिक उपयोगका कारण उहाँमा शारीरिकरूपमा केही शिथिलता भएता पनि सामान्य हिँडडुल गर्ने अवस्थामा हुनुभएको सूचना साथमा रहेका परिवारका सदस्यहरूबाट अवगत हुन आएको व्यहोरा समेत जानकारी गराइन्छ।’

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १८:३०