सूचनाको शक्ति - The Power Of Information

        

टिकटकमा ‘धुम’ मच्चाउँदै ‘टिकटक डान्सर’ श्याम (भिडियो कुराकानीसहित)

नेपाल आयल निगमको नेपालगन्ज डिपोमा २३ बर्षदेखि कार्यरत श्याम गिरी १५/१६ बर्षअघि गुमनाम थिए । जागिरमा जाने आउने उनको दैनिकी थियो । गीत संगीतमा रुची राख्ने गिरी त्यसयता रेडियोका सांगीतिक कार्यक्रममा जोडिएर आफ्नो उपनाम थप्दै श्याम गिरी ‘रेडियो प्रेमी वान’ भनेर चिनिन थाले ।

अहिले श्याम गिरीलाई ‘रेडियो प्रेमी वान’ भनेर नचिन्ने सायदै होलान् । १५ बर्षअघि रेडियोमा आउने सांगीतिक कार्यक्रममा नछुटाएरै फोन सम्वादमा जोडिने गिरी रेडियो कार्यक्रमबाटै परिचित हुँदै गए । अहिले उनी ‘रेडियो प्रेमी वान’ नामबाट निकै परिचित छन् । उनी आफूलाई ‘रेडियो प्रेमी वान’कै नामले चिनाउँछन् ।

गिरी कुनै न कुनै रुपमा चर्चामा आइरहन्छन् । अत्यन्तै सरल र सांगीतिक स्वभावका गिरीले विगतदेखि आफुलाई कला र गलाको माध्यमबाट स्थापित गराउँदै आएका छन् । उनी भन्छन्, ‘मोफसलमा रहेर पनि आफ्नो सबैले कला र गलाको सम्मान गर्दा खुशी लाग्छ ।’ सामान्य परिवारीक पृष्ठभुमीका सरल स्वभावका गिरीले गीति एल्वम पनि निकालिसकेका छन् ।

गिरीले प्रेमी प्रेमिकाले मायामा पाउने धोका र विछोडपछिको अवस्थालाई गीतमार्फत ‘हे माया तिमी कहाँ छौं कहाँ’ बोलको पहिलो आधुनिक गीति एल्वम बजारमा ल्याएका छन् । उनको गीतमा गायक भद्र वलीले आवाज दिएका छन् । उनको गीतले युवाहरु माझ निकै चर्चा पायो । गीतमा प्रेमीले आफ्नो प्रेमिकालाई खोजी गरिरहेका हुन्छन् ।

गिरीले अहिले अरु गीतहरु पनि रचना गरिरहेका छन् । पछिल्लो समयमा गीत रचनासँगै ‘टिकटक डान्सर’का रुपमा आफ्नो परिचयलाई फराकिलो बनाउँदै ‘धुम’ मच्चाइरहेका छन् । ‘प्रेमी वान रेडियो’ टिकटक ह्यान्डलमा उनले सयौं गीतहरुमा नृत्य प्रस्तुत गरेर अहिले देश विदेशमा चर्चा बटुलिरहेका छन् ।

टिकटक डान्सर गिरीले देश विदेशबाट आफ्नो प्रशंसा भएकोमा खुशी व्यक्त गर्नै यसले आफुलाई नृत्य प्रस्तुत गर्न थप हौसला मिलेको बताए । उनले भने, ‘मलाई धेरैले मन पराउनुभएको छ । यसका लागि म सबैलाई धन्यवादन दिन चाहन्छु । मेलै बाँके जिल्लालाई देश विदेशमा चिनाउन पनि पाएको छु । यसमा गर्व लागेको छ ।’

उनको टिकटक ह्यान्डललाई अहिलेसम्म ६० हजार बढीले लाइक गरिसकेका छन् । नेपालका सुपरस्टार भुवन केसी, हास्यकलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली), चर्चित गायिका मन्जु पौडल लगायत कलाकारलाई भेटिसकेका उनले टिकटक स्टार अंशु बर्मासँग पनि टिकटक बनाएर चर्चा कमाएका छन् ।

जुनसुकै गीतमा पनि सहजै नृत्य प्रस्तुत गर्न सक्ने गिरीलाई टिकटकमा धेरैले पछ्याएका छन् । उनले टिकटकमा र फेसबुकमा बनाएको विभिन्न भिडियोमा हजारौ भ्युज र लाइक कमाएका छन् । जागिरसँगै मेला महोत्सवहरुमा पनि नृत्य प्रस्तुत गर्न भ्याउने गिरीको जीवन संघर्षका विषयमा गरिएको सम्वाद अझ रोचक छ ।

हेर्नुस् भिडियो सम्वाद

भिडियो नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्द्र

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १४:५४