सूचनाको शक्ति - The Power Of Information

        

सात लाखभन्दा बढीको नक्कली नोटसहित एक महिला पक्राउ

धनुषा प्रहरीले सात लाखभन्दा बढीको नक्कली नोटसहित एक महिलालाई पक्राउ गरी सार्वजनिक गरको छ ।

सात लाख ७१ हजार ५०० बराबरको नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका–६ की अनुकुमारी साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो । उनको साथबाट एक हजारको नक्कली नोट ४९२ थान र ५०० को नक्कली नोट ५५९ थान बरामद गरिएको छ ।

जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोलीले २५ वर्षीया अनुकुमारी साहको झोला तलाशी गर्दा यी नक्कली नोटहरु बरामद गरेको हो । महिलाले कालो रङको झोला बाकेर यताउती हिँड्दै गरेको देखेपछि प्रहरीले चेकजाँच गर्दा नक्कली नोट बरामद गरेको हो ।

निज महिलाको खल्तीबाट नेपाली १० हजार ५००, भारतीय १६० समेत बरामद गरेको प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए । उनले उक्त नक्कली नोट एक लाख बराबर सात लाख सटही गरी ल्याएको निज महिलाले सोधपुछका क्रममा बोलेको पनि बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १३:२९