संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले फ्लाइ दुवई विमानमा चरा ठोक्किएको पुष्टि नभएको बताएका छन् । मंगलबार बिहान फेसबुकमार्फत् प्रतिक्रया दिँदै जहाजमा चरा ठोकिएको हल्ला अहिलेसम्म प्रमाणित नभएको स्पष्ट पारेका हुन् ।
फ्लाइ दुवईले आफ्नो कम्पनीको एफजेड ५७६ विमानमा चरा ठोक्किएको स्पष्टीकरण दिएको थियो । दुवई मिडिया अफिसको ट्वीटर ह्यान्डरमा लेखिएअनुसार काठमाडौंबाट उडान भर्ने क्रममा विमानले ‘बर्ड स्ट्राइक’को सामना गरेको थियो । मन्त्री किरातीले नकारात्मक हल्ला गर्ने बानी छोड्न पनि आग्रह गरेका छन् ।
‘कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्छ नत्र लडिन्छ,’ उनले भनेका छन्, ‘गाउँमा गाई भैंसी गोठालो गरेर आएको मान्छे हुँ, आज शहरमा हवाईजहाजको गोठालो गर्दैछु । गाई भैंसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेछ । आज राति मैले राम्ररी थाहा पाएँ ।’
सत्यपाटी संवाददाता । काठमाडौं