सूचनाको शक्ति - The Power Of Information

        

उपनिर्वाचन: रास्वपाका लामिछानेले ल्याए ४१ हजार ५०४ मत

उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता फराकिलो अग्रता कायम गरेकै छ।

ताजा मतपरिणामअनुसार रास्वपाका रवि लामिछाने ४१ हजार ५०४ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठले ७ हजार ६९५ मत ल्याएका छन्। लामिछाने र श्रेष्ठबीचको मतान्तर ३३ हजार ८०९ रहेकाे छ।

नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ३९९ मत प्राप्त गरेका छन्।

अब गन्न बाँकी मत २१ हजार मात्र रहँदा लामिछानेको जीत सुनिश्चितजस्तै भएकाे छ।

चितवन-२ मा आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार ०९:०४