सूचनाको शक्ति - The Power Of Information

        

पहाडी भू-भागमा वर्षा र कोसी प्रदेशमा हावाहुरीको सम्भावना

देशका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा आज बिहान कोसी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहेको छ ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

विभागले आज राति कर्णाली प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ । कोसी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको तथा मेघगर्जन र चट्याङसहित हावाहुरीबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्क हुन विभागको आग्रह छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार ०७:५२