सूचनाको शक्ति - The Power Of Information

        

दुई सातापछि उठ्याे सिंहदरबारको फोहोर

 दुई सातापछि सिंहदरबारको फोहोर उठेकाे छ ।

सिंहदरबारको फोहोर सोमबारदेखि उठ्न थालेको काठमाडाैं नगरपालिकाले जनाएकाे छ ।

सर्वोच्च अदालतले शुक्रबार काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि सोमबारदेखि सिंहदरबारको फोहोर उठ्न थालेकाे हाे ।

मेयर बालेन्द्र साह(बालेन) फोहोर व्यवस्थापन गर्ने कम्पनीलाई फोहोर नउठाउन भनेपछि २६ चैतदेखि सिंहदरबार क्षेत्रको फोहोर उठेको थिएन ।

महानगरपालिकाले सुकुम्बासी बस्ती हटाउन खोज्दा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर साहले फाेहर नउठाउन निर्दशन दिएका दिनुभएकाे थियाे ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १८:०३