सूचनाको शक्ति - The Power Of Information

        

दुखद खबर :

राप्तीसोनारीको अगैया नजिक बस दुर्घटना, १३ जना घाइते

तीब्र गतिमा रहेको बस अनियन्त्रीत भई दुर्घटना

बाँकेको राप्तीसोनारी गाउँपालिकामा पर्ने पुर्वपश्चिम् राजमार्गको अगैया नजिक बस दुर्घटना  हुँदा १३ जना घाइते भएका छन् ।

राप्तीसोनारीको  वडा नं २ जिरो भन्ने स्थान नजिक नेपालगन्जबाट दाङ जादै गरेको भे१ख ३०३२ नम्बरको  बस  आज दिउँसो दुर्घटना  भएको हो।

दुर्घटनामा  २ जना बालक सहित १३ जना  घाईते भएको जिल्ला ट्राफिक प्रहरी बाँकेले जनाएको  छ। बसमा सवार अन्य १२ जना सकुशल रहेको बाँके ट्राफिकले जानकारी दिएको छ।

ट्राफिक प्रहरीका अनुसार  तीब्र गतिमा रहेको बस अनियन्त्रीत भई दुर्घटना हो। बस दुर्घटनामा घाइते भएकाहरुलाई नेपालगन्ज मेडिकल कलेज कोहलपुर पठाइएको ट्राफिक प्रहरी बाँकेले जानकारी दिएको छ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १७:५९