सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेशस्तरीय सञ्चार समन्वय परिषद् गठन

लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद् गठन गरिएको छ । यमबहादुर गाहाको अध्यक्षतामा ६ सदस्यीय परिषद गठन गरिएको हो ।

परिषद्को सदस्यहरुमा रुद्रप्रसाद सुवेदी, सरला सुवेदी, पार्वती पाण्डे कपिलवस्तु, पुष्पा खनाल सम्झना रुपन्देही र दाङका वसन्त आचार्य रहेका छन् ।

४ वर्षीय कार्यकाल रहने उक्त परिषद्को मनोनयन पत्रमा निमित्त सचिव यामबहादुर कुँवरले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १७:५६