प्रदेशस्तरीय प्राबिधिक बिश्वबिद्यालय खजुरामा निर्माण हुने
सत्यपाटी संवाददाता । बाँके
लुम्बिनी प्रदेशस्तरीय प्राविधिक विश्वविद्यालय बाँकेको खजुरामा निर्माण हुने भएको छ । खजुरा गाउँपालिका वडा नम्बर ७ मा ३७ र वडा नम्बर ८ मा ८१ बिगाहा जग्गामा लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण हुने भएको हो ।
संघ र प्रदेशको करिब ५० करोड लगानीमा निर्माण हुने भनिए पनि अहिले जम्मा १० करोड मात्र निकासा भएकोले काम गर्न शुरु नभएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिकले बताए ।
सत्यपाटी संवाददाता । बाँके