सूचनाको शक्ति - The Power Of Information

        

चितवन–२ मा रवि लामिछानेले लिए अग्रता

चितवन क्षेत्र नम्बर २ मा ग्रामीण भेगबाटै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बनाएका छन् ।

मंसिरको चुनावमा सहरी क्षेत्रमा पसेपछि मात्रै फराकिलो अग्रता बनाएका उनले यस पटक गाउँबाटै दोब्बर मत पाएका हुन् । पछिल्लो गणना अनुसार उनले इच्छाकामना गाउँपालिकाका १ र ३ नम्बर वडाबाट दोब्बर मत पाएका हुन् ।

त्यहाँको २४ सय ८४ मतगणना हुँदा रविले ११५५ मत ल्याएका छन् । रविपछि नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ मत पाएका छन् । यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ५८८ मत ल्याउँदै तेस्रो स्थानमा रहेका छन् ।

गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाको मत गणना हुँदासम्म पछि थिए । भरतपुर महानगरपालिकाको गणना सुरु भएपछि उनले अग्रता बढाएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १६:२७