सूचनाको शक्ति - The Power Of Information

        

सेक्सपछि पुरुष भुसुक्कै, महिला जुरुक्कै, कारण के हो ?

यहाँहरु सबैले सुन्नु भएकै हुनुपर्छ, प्रायः गरेर स्त्रीहरु आफ्नो पुरुषसँग यौनकृया गरेपछि गुनासो गर्ने गर्छन् किनभने यौन कार्य गरेलगतै प्रायः पुरुषहरु निन्द्रामा पर्ने गर्दछन् । त्यसबेला स्त्रीहरु आफ्नो साथीलाई कुनै रोग लागेको छ भन्ने अनुमान गर्दछन् ।

तर उनीहरुको उक्त निदाउने बानीमा भने डराउनुपर्ने छैन । किनभने सबै पुरुषहरु सेक्सपछि निदाउने गर्दछन् । यस्तो किन हुन्छ भनेर तपाइहरुले सोच्नु भएको होला ? यौनकृयापछि पुरुषहरुमा आकसीटोसीन हरमोन्स मात्र ज्यादा हुने गर्दछ ।

यो बाहेक अन्य धेरै कारणहरु छन् सो बारेमा समान्य जानकारी लिउँ । यसका लागि पुरुष मानिसहरूमा पाइने रासायनिक परिवर्तन जिम्मेवार हुने गर्दछ । सामान्यतया सेक्स पछि स्वाभाविक रुपमा उनीहरु निदाउँछन् । तथापि, पुरुषहरुले उक्त आफ्नो बानी नियन्त्रण गर्न पनि सक्ने विभिन्न अनुसन्धाबाट पनि पत्ता लागेको छ ।

खासमा भन्ने हो भने यौनकृया पछि पुरुषमा आकसीटोसीन हारमोन्सको मात्र ज्यादा हुने गर्छ जसले गर्दा उनीहरु आरामको खोजिमा हुन्छन् । साथै प्रोलोकिटनको प्रभाव उनीहरुको शरीरमा धेरै हुने भएकोले उनीहरु सेक्स पछि निदाउन पुग्छन् । वास्तवमा सेक्स र निद्राबीच गहिरो सम्बन्ध हुने गर्छ ।

राम्रो निद्राका लागि सेक्कको आवश्यकता हुने गर्छ । तर केटीहरुलाई भने उनीहरुको केटा साथीको यस्तो आदत भने राम्रो लाग्दैन । कुनै बखत पति–पत्नी विचमा हुने तनावलाई हटाउन सेक्स गर्ने गर्दछन् । पतीलाई सेक्स पछि मानसिक सन्तुष्टि पनि मिल्ने गर्छ भने कुनै बखत पत्नीलाई पनि निन्द्रा आउने गर्छ ।

बास्तवमा सेक्स कार्यलाई मानसिक पीडा हटाउने उपयुक्त माध्यम मानिने गरिन्छ । धेरै पटक थकान र दवाबका कारणले गर्दा पुरुषहरु सेक्स पछि निदाउँछन् । त्यसबेला उनीहरुमा धेरै विचारहरु पैदा हुने गर्दछ र उनीहरु निदाउन बाध्य हुन्छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १६:१६