शारिरीक सम्बन्ध एक प्राकृतिक कृयाकलापको अलौकिक आनन्द हो, यसलाई संसारको आनन्दभन्दा पनि फरक नपर्ला त्या चराचुरुङ्गी होस् या जनावर या मानिसहरु अझ यसो भनौ सजिव सबैले सेक्सबाट आनन्द लिन्छन् । मानव जीवनको अस्थित्वका लागि तथा जिवन चक्र धान्नको लागि यसको अपरिहार्य छ ।
सेक्सलाइ माया र सन्तान जन्माउनको लागि मात्र सिमित छैन । सेक्सले मानिसको स्वास्थ्यमा बिभिन्न पक्षबाट फाइदा गर्ने बिज्ञहरुको भनाई छ । चिसोबाट जोगाउनदेखि हृदयघातबाट बचाउनसम्म सेक्सले मद्धत गर्छ । कम उत्तेजित हुने मानिसको आयुमा समेत असर गर्ने नयाँ तथ्य भेटिएको वैज्ञानिकहरुले दाबी गरेका छन् ।
कम उत्तेजित हुने पुरुषमा छिट्टै ज्यान जाने ७० प्रतिशत सम्भावना रहेको उनीहरुको भनाई छ । उत्तेजना कम हुने मानिसमा मुटुजन्य समस्या हुने अमेरिकाको मिसिपीका वैज्ञानिकहरुले उल्लेख गरेका छन् । यस्तो समस्याबाट अमेरिकामा झन्डै दुई करोड मानिस प्रभावित भएको पनि उनीहरुको भनाई छ ।
लिंग उत्तेजित नहुने मानिसलाई बारम्बार हृदयघात, उच्च रक्तचाप लगायतको समस्या हुने र अल्पायुमै ज्यान जाने गरेको वैज्ञानिकहरुको दाबी छ । यसअघि विशेषगरी यो समस्याबाट बृद्ध मानिस पीडित हुने मान्यता थियो । तथापी ४० बर्षमूनिका २० प्रतिशत मानिसमा यस्तो समस्या देखिएको वैज्ञानिकहरुको भनाई छ ।
१. तनावबाट मुक्त
माया आदानप्रदानको क्षण र चरमोत्कर्षमा पुग्दा उत्पन्न हुने न्युरो केमिकलले खुसी हुने हर्मोन उत्पादन गर्छ । सेक्सको अवधि र त्यसपछि उत्पन्न हुने अक्सवाईटोकिन हर्मोनले मानिसलाई आफ्नो जोडिप्रति बढी इमान्दार बन्न, शान्त हुन र निन्द्रा लगाउन सहयोग गर्छ ।
एकापसमा माया साटासाट गरेको २० मिनेटपछि अक्सवाईटोकिन हर्मन निस्कन्छ । पुरुषको तुलनामा यस्तो हर्मोन महिलामा चार गुणा बढी निस्कन्छ । त्यस्तै,सेक्सपछि सेरोटोनिन नामक अर्को हर्मोन पनि उत्पादन हुन्छ । यस हर्मनले मानिसलाई खुसी र हँसिलो बनाउनुका साथै तनावबाट मुक्त गराउँछ ।
२. स्वस्थ मुटु
बेलफास्टको क्विन्स युनिभर्सिटीले गरेको अध्ययन अनुसार सातामा तीन पटक यौन सम्पर्क गर्नेलाई मुुटु सम्बन्धी बिभिन्न समस्याको सम्भावना न्यून हुन्छ । ब्रिटिश हर्ट फाउन्डेसनका मेडिकल डाइरेक्टर पिटर बीइसबर्गका अनुसार ४० र ५० को दशकमा नियमित सेक्स गर्नेमा हृदयघातको खतरा अत्यन्तै कम हुन्छ ।
मुटुको सवालका बिषयमा सेक्स अर्को प्रकारको व्यायाम पनि हो भन्दै गायज एन्ड सेन्ट थोमस हस्पिटल र सेक्सुअल डाइजफङ्सन एशोशियसनका अध्यक्ष डा.ग्राहम ज्याक्सनले फिटनेसको सन्द्रभमा भन्ने हो भने एकपटक सेक्स गर्नु भनेको एक माईल टाढा हिड्नुजस्तै भएको बताएका छन् । न्यू इन्ल्यान्ड इन्स्टिच्युटका वैज्ञानिकहरुले गरेको अध्ययनअनुसार मुटु मजवुत बनाउन यौनसम्पर्कको महत्पूर्ण भूमीका रहन्छ । तर यौन सम्पर्क स्वस्थ र सुरक्षित हुनुपर्छ ।
सातामा दुईपटक भन्दा बढी यौनसम्पर्क राख्नेमा भन्दा यौन सम्पर्क नराख्ने व्यक्तिमा मुटु रोगको सम्भावना ५५ प्रतिशत बढी हुन्छ । ४० देखि ७० बर्षसम्मका १ हजार पुरुषमा १६ वर्षसम्म गरिएको अध्ययनपछि वैज्ञानिकहरुको निष्कर्ष छ । यदि यौन आवश्यकता समयमै पूरा भएमा शारीरिक रुपमा समेत मानिस स्वस्थ रहने अनुसन्धानले देखाएको छ । आफ्नो मायालुसँग बिताएको क्षणले पुरुषलाई भावनात्मक रुपमा समेत फाईदा हुनाले चिन्ता, तनाव जस्ता मानसिक रोगबाट मुक्ती मिल्छ । यसको प्रत्यक्ष सम्बन्ध मुटुसँग रहन्छ ।
३. चिसो भगाउँछ
सेक्सले चिसोबिरुद्ध लड्ने रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गरिदिन्छ । सातामा एक–दुई पटक नियमित सेक्स गर्दा इम्युनोग्लोबुलिन ए (आइजीए) प्राप्त हुन्छ । जसले चिसोबिरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमतालाई सहयोग गर्छ । सेक्सका क्रममा मुटुको चाल तीब्र हुँदा शरीरका अंग तथा कोषमा ताजा रगत आपूर्ति हुन्छ । त्यतिबेला शरीर पनि फूर्तिलो हुन्छ ।
४. आयु बढाउँछ
आयु र सेक्सका बारेमा गरिएका बिभिन्न अध्ययनहरुमध्ये बेल्सका मानिसमा गरिएको एउटा अध्ययन निकै महत्वपूर्ण सावित भएको छ । अध्ययन अनुसार महिनामा मुस्किलले एकपटक मात्र सेक्स गर्ने मानिस सातामा दुईपटक सेक्स गर्नेको तुलनामा छिट्टै ज्यान जाने बढी सम्भावना हुन्छ । यौन गतिबिधिले पुरुषको स्वास्थ्यमा रक्षात्मक प्रभाव पर्ने डा.ब्रिउर बताउँछन् । ताइवान विश्वविद्यालयका अनुसन्धानकर्ताले नियमित यौन सम्पर्क गर्नेहरुको आयु बढ्ने पत्ता लगाएका हुन ।
तर, महिलामा भने यो तथ्य लागु नहुने बताइएको छ । डा. हुवाङ कुवाङले हप्तामा कम्तीमा पनि एकपटक सेक्स गर्ने मानिस ८० बर्षभन्दा बढी बाँच्ने सम्भावना ५० प्रतिशतभन्दा बढी हुने तथ्य पत्ता लगाएका हुन । अनुसन्धानकर्ताका अनुसार सेक्सले हृदयघातबाट हुने मृत्युमा पनि कमी ल्याउछ भने मधुमेह हुने सम्भावना ४० प्रतिशतले र मुटुको रोग हुने सम्भावना ३० प्रतिशतले कमी ल्याउँछ ।
५. बाँझोपनको खतरा कम
नियमित सेक्स गर्ने मानिसमा बाँझोपनको खतरा पनि कम हुन्छ । नियमित बीर्य फालिरहँदा बीर्यको गतिमा तीब्रता आउँछ, जसका कारण बीर्य उर्वरताका लागि छिटोभन्दा छिटो अन्डासयसम्म पुग्ने मिडल्यान्ड फर्टिलिटी सर्भिसका मेडिकल निर्देशक डा गिलियान लकउडले बताए । उर्वरताको कुरा आउन साथ हरेक रात सेक्स गर्नु उपर्युक्त हुने डा. लकउड बताउँछन् । अनुसन्धानहरुले धेरै स्खलनले जीवनको उत्तरार्धमा प्रोस्टेट क्यान्सर हुने सम्भावना कम भएको देखाएको बताएका छन् ।
६. दिमागको कोषमा वृद्धि
३५ बर्ष पुगेपछि हरेक दिन हामीले सात हजार दिमागका कोषहरु गुमाउने हुँदा नियमित यौनसम्पर्क गर्नेको दिमागको कोषमा बृद्धि हुने अमेरिकास्थित प्रिन्सटन युनिभर्सिटीका वैज्ञानिकहरुले बताएका छन् । सेक्सले स्मरण शक्ति रहने दिमागको कोषहरुमा तीब्र बृद्धि गरिदिने प्लस ओनमा सार्वजनिक गरिएको एक अध्ययनले जनाएको छ ।
तनाब र निराशाले स्मरण शक्ति हुने दिमागको हिपोक्याम्पसको आकारलाई सानो बनाइदिन्छ । तर ब्यायाम र सेक्सले यस्तो प्रभावको डटेर लड्छ । यसबाहेक सेक्सले दिमागको कोषलाई पतन हुनबाट बचाउँछ । तसर्थ बुढेसकालसम्म पनि यौनका दृष्टिले सक्रीय बृद्धबृद्धा डिमेन्सिया रोगको शिकार हुनबाट बच्छन् ।
७ निद्रा नलाग्ने समस्याबाट मुक्त
सेक्सपछि पुरुषमा अक्सिटोसीन हर्मोनको उत्पादन बढी हुन्छ । यो हर्मोनले आनन्द महशुस गराउँछ र प्रोलेक्टिन हर्मोनले निद्रा ल्याउँछ । खासमा सेक्स र निद्राको गहिरो सम्बन्ध हुन्छ । निद्राको समस्या भएका पुरुषलाई सेक्स निकै उपयोगी मानिन्छ । कतिपय अवस्थामा तनाव कम गर्न पनि सेक्स गरिन्छ । सेक्सपछि पुरुषमा मानसिक तनाव कम हुन्छ र निद्रा लाग्छ । सेक्समा क्यालोरी पनि बढी खर्च हुन्छ । कतिपय पुरुषहरु थकान महसुस गरेपनि तुरुन्तै निदाउने गर्छन् ।
८. आत्मसम्मानमा बृद्धि
सेक्सले ब्यक्तिको आत्मसम्मान बढाउन मद्दत गर्छ । युनिभर्सिटी अफ टेक्सासको अध्ययन अनुसार मानिसले सेक्स गर्ने २३७ वटा कारणमध्ये आत्मसम्मान पनि एउटा कारण हो । सेक्स र चरमोत्कर्षले माया र सद्भावमा बृद्धि गराउँछ । यसको कारण भनेको सेक्सका बेला उत्पादन हुने ‘अक्सिटोसिन’ नामक हर्मोन हो, जसलाई ‘प्रेम हर्मोन’ पनि भनिन्छ ।
९. प्राकृतिक ‘पेन किलर’
अक्सिटोसिनले शरीरमा इन्डोमोर्फिन नामक हर्मोन निकाल्न मद्दत गर्छ । इन्डोमोर्फिनलाई प्राकृतिक ‘पेन किलर’ पनि भनिन्छ । टाउको दुखाइ, हड्डी दुखाइ कम गर्न पनि यौन सम्पर्कले मद्दत गर्दछ ।
सत्यपाटी संवाददाता । काठमाडौं