वर्तमान समयको हामी जस्तोे सबैलाई ‘सेक्स ट्रेन्ड्स’ अर्थात् यौन प्रथाबारे थाहा नै होला । तर धेरैलाई यो थाहा नहोला कि सेक्सको अनौठो प्रथा शताव्दिऔंदेखि नै चलिरहेको थियो । शताब्दी पहिले सेक्सबारे सात अनौठो प्रथाहरु थिए ।
संक्षिप्तमा हेर्नुहोस् के थिए ति सात अनौठो प्रथाहरु ?
१. लिपिस्टक र ओरल सेक्स – प्राचीन इजिप्टमा लिपिस्टिक लगाउनुको अर्थ तपाई ओरल सेक्सका लागि तयार हुनुहुन्छ भन्ने लाग्थ्यो । बिशेषगरी, इजिप्टका दरबारी यौनकर्मी आफ्नो ओरल सेक्सपटाइज देखाउनका लागि लिपिस्टिक लगाउने गर्थे । यहीबाट लिपिस्टिक र ओरल सेक्सको सम्बन्ध बाहिर आएको थियो ।
२. तिखा जुत्ता – १५ औँ शताब्दीमा तिखो र लामो औला भएको जुत्ताको प्रथा थियो, जसलाई ‘पुलिनंस’को नामबाट चिनिन्थ्यो । जति तिखो जुत्ता लगायो, त्यति नै ठूलो यौनाङ्ग हुने बुझिन्थ्यो ।
३. धार्मिक संस्कारको रुपमा ‘सेक्स’ – गर्मी मौसममा हैटीमा स्थानीयवासी एक झरनामा जान्थे र नग्न भएर नुहाउँथे । प्रेमकी देवीको पुजा गर्न उनीहरुले यस्तो गर्थे । केही बढी धार्मिक व्यक्ति बलि दिएको जनावरको रगतमा सेक्स गर्न राम्रो मान्थे ।
४. स्वस्थ्यका लागि खराब सेक्स – आयरल्याण्डको ‘आइनिस बीग’ द्धीपमा स्थानीयवासी सेक्स स्वास्थ्यका लागि राम्रो नहुने मान्थे । यदि उनीहरुले सेक्स गर्ने निर्णय गरे पनि भित्री वस्त्र लगाइरहेका हुन्थे ।
५. इरेक्टाइल डाइफङ्सन – अहिलेको समयमा ‘इरेक्टाइल डाइफङ्सन’ अर्थात् लिंग उत्तेजित नहुने समस्याको धेरै उपाय र समाधान छ । तर, १७ औँ शताब्दीमा यस समस्याबाट छुटकारा पाउनका लागि ‘ओटोइराटिक असफिकसिएशन’ गर्ने, जसमा श्वासलाई केही समयका लागि रोक्नु पर्दथ्यो ।
६. पैतालामा काउकुती लगाउने – रुसको जार शासनमा महारानी जारिनालाई खुशी पार्न यस्ता व्यक्ति हुने गर्थे, जो उनको सन्तुष्टिका लागि ‘फूट लिकलर्स’ अर्थात् खुट्टामा काउकुती लगाउने काम गर्थे । जारिनालाई खुशी पार्न यस्ता व्यक्तिले अश्लिल गीत पनि गाउने गर्थे ।
७. ट्याटिकल पोर्नोग्राफी – पोर्नोग्राफीको सुरुवात १८ औँ शताब्दीमै जापानमा भएको थियो । जसमा सबैभन्दा पहिलो जापानी कलाकार होकुसाईले आफ्नो रचनामा अक्टोपस र मान्छे बिचको यौन सम्बन्ध देखाएका थिए । उनले सन् १८१४ मा ‘द ड्रिम अफ द फिशरम्यान्स वाइफ’ नामबाट पेन्टिङ बनाएका थिए, जसमा एक महिला अक्टोपससँग संभोग गरिरहेको देखिन्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं