सूचनाको शक्ति - The Power Of Information

        

तनहुँमा स्वर्णिमले कटाए १० हजार मत, पाँच हजार २२५ को अग्रता

तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले १० हजार मत कटाएका छन् । १३ वटा वडाको मत गनिसक्दा नेपाली कांग्रेसका गोविन्द भट्टराई र नेकपा एमालेका सर्वेन्द्र खनाललाई वाग्लेले फराकिलो मतले पछि पारेका हुन् ।

सोमबार बिहान १० बजेसम्मको परिणाम अनुसार त्यहाँ वाग्लेले १० हजार २५९ मत ल्याइसकेका छन् । आइतवार राति गणना भएदेखि अग्रता बनाएका वाग्लेले नेपाली कांग्रेसका गोविन्द भट्टराईसँगको मतान्तर बढाएर ५ हजार २५६ पुर्याएका छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५ हजार ३ मत प्राप्त गरेका छन् । अहिले गोविन्दलाई स्वर्णिमले ५ हजार २५६ मतले पछि पारेका छन् । त्यस्तै, तेस्रोमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७५९ मत ल्याएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार अहिलेसम्म त्यहाँ १३ वटा वडाको १८ हजार ६६१ मतगणना भइसकेको छ । तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १०:२६