सूचनाको शक्ति - The Power Of Information

        

चितवन २ : मतगणनाको लागि सर्वदलीय बैठक बस्दै

आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना गर्नका लागि चितवन क्षेत्र नम्बर २ मा सर्वपक्षीय बैठक बोलाईएको छ ।

आइतबारदेखि मतगणना गर्ने भनिए पनि राष्ट्रिय स्वतन्त्र पार्टी बाहेकका दल सर्वपक्षीय बैठक गर्ने तयार नभएपछि बैठक सोमबारका लागि बोलाइएको हो ।

चितवन २ मा कांग्रेसले रास्वपाका उम्मेदवारमाथि परेको उजुरीबारे निर्वाचन आयोगले निर्णय गरेपछि मात्रै मतगणना सुरू हुन सक्ने अडान लिँदै आएको छ ।

चिवतन २ मा आइतबार सम्पन्न उपनिर्वाचनमा कुल २२ जना उम्मेदवार छन् । यहाँ ६३ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार ०८:४८