सूचनाको शक्ति - The Power Of Information

        

तनहुँ- १ उपनिर्वाचन: रास्वपाका वाग्लेको अग्रता कायमै

तनहुँ-१ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै छ।

१० हजार २४४ मत गन्दा वाग्लेले ५ हजार ९०० मत ल्याएका छन्। यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २ हजार ६८७ र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १ हजार ६५७ मत पाएका छन्।

मतगणना जारी नै छ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार ०८:२९