एमाले र माओवादी मिलेर बनेको नेकपा असफल भए पनि प्रधानमन्त्रीसमेत नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष पूर्वप्रधानमन्त्री माधव नेपाल नेकपा व्युँताउने प्रयासमा रहेका छन् ।
संसद्मा नेकपा माओवादी र नेकपा एस मिल्दा ४४ सिट हुने जुनसुकै बेला सरकार बनाउन महत्वपूर्ण भूमिका हुने भएकाले नेकपा व्युँताउन खोजिएको हो ।
दुई पार्टीको एकीकरण मात्रै होइन, अहिले रहेका सानाठुला वामपन्थी दलहरुसमेत मिलाउने उनीहरुको प्रयास रहेको छ ।
उनीहरुले सुरुमा समाजवादी केन्द्र बनाउने र त्यसमा बाबुराम भट्टराई समूह र जनता समाजवादी पार्टीलाई पनि मिलाउने उनीहरुको प्रयास रहेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ