सूचनाको शक्ति - The Power Of Information

        

डिएसपी र सइलाई तीन वर्ष कैद

तलब भत्ता हिनामिना गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन प्रमुख डिएसपी त्रिलोकबहादुर चन्द तथा तथा सइ माधव चन्द ठकुरीलाई ३–३ वर्ष कैद सजाय भएको छ ।

विशेष अदालतले आइतबार उनीहरुलाई सजाय सुनाउँदै जनही १५ लाख ४५ हजार रुपैयाँभन्दा जरिवाना र जनही ३२ हजार १५० रुपैयाँ असूलउपर गर्ने फैसला सुनाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ फागुन २०७६ मा डिएसपी चन्दसमेत सइ ठकुरी र थप तीन जनालाई प्रतिवादी बनाइ मुद्दा दायर गरेकोमा तीनजनालाई विशेषले सफाइ दिएको छ ।

डिएसपी चन्दले लेखापाल ठकुरी, लेखा शाखामा कार्यरत हवल्दार टंकबहादुर मल्ल र प्रहरी जवान सर्वराज खत्रीसमेतको मिलेमतोमा भ्रष्टाचार गरेको दाबी सरकारी पक्षको थियो । अन्यले सफाई पाएका छन् । जिल्ला प्रहरी कार्यालय हुम्ला र अन्तरगतका प्रहरी कर्मचारीहरुको २०७२ असोजदेखि २०७३ असारसम्म तलब, स्थानीय भत्ता तथा रासन रकममा हिनामिना भएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार ०८:२१